राजकुमार पासवान ।
जनकपुरधाम, ३१ असार । मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिश कुमार सिंहकाे अध्यक्ष्ाताम प्रदेशमा देखिएको सुख्खा र खानेपानी अभावको समस्या समाधानका लागि सरोकारवाला मन्त्रालय तथा दातृ निकायहरूसँग विशेष बैठक गर्नुभएको हाे ।

मंगलबार बैठकमा प्रदेशभर फैलिँदै गएको सुख्खाको असर र खानेपानीको अभावका विषयमा गम्भीर छलफल भइरहेको हाे। बैठकमा सहभागी सरोकारवाला निकाय तथा दातृ संस्थाहरूसँग समस्या समाधानका लागि तत्कालीन र दीर्घकालीन उपायहरूबारे विचार-विमर्श भइरहेको हाे ।
सुख्खा र पानी अभावबारे मुख्यमन्त्री सिंहको विशेष बैठक
साे मुख्यमन्त्री सिंहले वातावरणीय असन्तुलनका कारण उत्पन्न भएको यो संकटलाई सामूहिक प्रयासबाट सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याउँदै सबै निकायलाई समन्वय र सहकार्यमा जुट्न आग्रह गर्नुभएको हाे।
