राजकुमार पासवान ।
कञ्चनपुर (सप्तरी), २२ असार । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री नवलकिशोर साहले कञ्चनरुप नगरपालिका वडा नं.६ स्थित पौडा खोलामा २१ लाख रुपैयाँको लागतमा निर्माण सम्पन्न गरिएको बाँधको उद्घाटन गरेकाे हाे् ।

उक्त बाँध निर्माणसँगै ५० विघाभन्दा बढी खेतीयोग्य जमिन कटानको जोखिमबाट जोगिएको हाे। स्थानीय किसानहरूलाई वर्षेनी पर्ने डुबान र कटानको समस्याबाट राहत दिलाउने उद्देश्यले निर्माण गरिएको बाँधले बस्ती समेत सुरक्षित बनाएको हाे।
साे मन्त्री साहले उद्घाटन समारोहमा बोल्दै बाँधले तत्काल राहत दिएको बताउँदै दीर्घकालीन समाधानका लागि थप बजेट र डीपीआर तयार पारिने प्रतिबद्धता व्यक्त गरेकाे हाे् ।
पौडा खोलामा नदी नियन्त्रणका तीन योजना कार्यान्वयनमा, झोलुंगे पुलका लागि २ करोड विनियोजन गर्ने
वहाँले कञ्चनरुप नगरपालिका वडा नं.५ र ६ जोड्ने झोलुंगे पुलका लागि चालु वर्षमा ९४ लाख र आगामी वर्षका लागि २ करोड रुपैयाँ विनियोजन भइसकेको जानकारी पनि गराए।
जसपाका नेता एवम् कञ्चनरुप नगरपालिकाका मेयर प्रत्यासी भोला पासवानले पौडा खोलामा चालु आर्थिक वर्षमा मात्रै नदी नियन्त्रणका लागि तीन योजनामार्फत ५६ लाख रुपैयाँ बजेट विनियोजन भएको जानकारी गराएकाे हाे।
बस्ती र खेती जोगाउने बाँध निर्माण, मन्त्री साहको विकास प्रतिवद्धता दोहोरियो
नेकपा एमालेका मेयर प्रत्यासी मोहम्मद कलिमका अनुसार मन्त्री साहले चुनावअघि जनतालाई गरेको वाचा अनुसार बाँध निर्माण सम्पन्न भएको हो।
साे कार्यक्रममा मेयर प्रत्यासी मोहम्मद कलिम, जसपाका युवा नेता सुमित साह र कञ्चनरुप नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष बच्चुलाल चौधरीले मन्त्री साहको नेतृत्वमा भएको विकास कार्यको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेकाे हाे।