राजकुमार पासवान ।
कमलपुर(सप्तरी),५ असार । मधेस प्रदेश सरकारका प्रवक्ता तथा गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले सप्तरीको सप्तकोशी नगरपालिका वडा नं. ११ स्थित कमलदहमा निर्माणाधीन पूर्वाधार विकास योजनाको स्थलगत निरीक्षण तथा अनुगमन गर्नुभएको हाे।

प्रदेश सरकारले चालु आर्थिक वर्षमा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखी अगाडि बढाएका विभिन्न योजनाहरूको प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न मन्त्री लेखीले नियमित अनुगमन र मूल्याङ्कनलाई तीव्र बनाएका छन्।
त्यसैअनुसार बिहीवार कमलदह क्षेत्रमा पुगेर उहाँले निर्माण कार्यको अवस्था, प्रगति, गुणस्तर र समयसीमाबारे सम्बन्धित निकायसँग जानकारी लिनुका साथै जनप्रतिनिधि, प्राविधिक र स्थानीयवासीसँग समेत प्रत्यक्ष छलफल गर्नुभएकाे हाे ।
मधेस सरकारका प्रवक्ता लेखीद्वारा विकास कार्यको मूल्याङ्कन, समयमै सम्पन्नता निर्देशन
साे निरीक्षणका क्रममा मन्त्री लेखीले विकास योजनाहरू जनताकै सेवामा केन्द्रित हुनुपर्ने उल्लेख गर्दै निर्माणमा गुणस्तरको गम्भीर ध्यान दिनुपर्नेमा जोड दिनुएकाे हाे। जनताले महसुस गर्न सक्ने विकास निर्माणमा कुनै लापरवाही सह्य हुनेछैन,” मन्त्री लेखीले भन्नुभयो, “पारदर्शिता, गुणस्तर र समयमै सम्पन्नता हाम्रो तीनवटा प्रमुख मापदण्ड हुन्।
उहाँले कमलदहमा भइरहेको सडक निर्माण, सार्वजनिक भवन, खानेपानी सुविधा, नाला निर्माण लगायतका पूर्वाधार योजनाहरूको विस्तृत जानकारी लिँदै सम्बन्धित इन्जिनियर तथा ठेकेदारलाई समयसीमा भित्र काम सम्पन्न गर्न निर्देशन दिनुभएकाे हाे । साथै निर्माणको गुणस्तर परीक्षण तथा अनुगमनलाई नियमित रूपमा गर्न सम्बन्धित प्राविधिक र निकायलाई निर्देशन दिनुभएकाे हाे ।
गृहमन्त्री लेखीद्वारा कमलदहमा निर्माणाधीन पूर्वाधार योजनाको स्थलगत निरीक्षण
यस अनुगमनमा सप्तकोशी नगरपालिकाका स्थानीय जनप्रतिनिधिहरू, वडा अध्यक्ष, प्राविधिक अधिकृतहरू, निर्माण कम्पनीका प्रतिनिधि र स्थानीय नागरिकको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। स्थानीयवासीहरूले मन्त्री लेखीको सक्रियता र अनुगमनलाई सकारात्मक रूपमा स्वागत गर्दै विकास कार्यप्रति सरकारको निगरानी दृढ हुनु आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
साे निरीक्षणपछि मन्त्री लेखीले सञ्चारकर्मीहरूसँग कुरा गर्दै मधेस सरकार नागरिक केन्द्रित विकास योजनाहरूको सफल कार्यान्वयनका लागि प्रतिवद्ध रहेको उल्लेख गर्दै अनुगमन र मूल्याङ्कनलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएकाे हाे ।