img

मधेस सरकारमा फेरबदलको सम्भावना छैन : सरकारका प्रवक्ता एवम् गृहमन्त्री लेखी


राजकुमार पासवान ।
जनकपुरधाम, ८ साउन । मधेस प्रदेश सरकारका प्रवक्ता तथा गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले हालको प्रदेश सरकार फेरबदलको कुनै सम्भावना नरहेको स्पष्ट पारेकाे हाे।

मधेश प्रदेशसभा भवन – फाइल फाेटाे ।

आज बिहान एपी १ टेलिभिजनलाई दिएको अन्तर्वार्तामा मन्त्री लेखीले पछिल्लो समय सरकार परिवर्तनसम्बन्धी बाहिर फैलिएको हल्ला भ्रमपूर्ण भएको दाबी गर्दै भने, “बाहिर जुन हल्ला छ, त्यो गलत हो। अहिले सरकार परिवर्तनको कुनै समय छैन।”

मुख्यमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालय,मधेस प्रदेश
मुख्यमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालय,मधेश प्रदेश

साे एमालेका केन्द्रीय सदस्य समेत रहेका गृहमन्त्री लेखीले हालको सरकार जनताको जनादेशअनुसार बनेको भन्दै त्यसलाई सम्मान गर्दै स्थायित्वमा जोड दिनुपर्ने धारणा व्यक्त गरेकाे हाे ।

सरकार परिवर्तनको हल्ला गलत : गृह मन्त्री लेखी

उनले सत्ता गठबन्धनभित्र केही कुराकानी भएको सम्भावना स्वीकार गरे पनि त्यो सरकार परिवर्तनको छलफल नभएको प्रस्ट पारेकाे हाे।


प्रतिक्रिया दिनुहोस् ।