img

मधेसमा ‘मुख्यमन्त्री सुरक्षित आवास बीमा’ र ‘नागरिक दुर्घटना बीमा’ कार्यक्रम लागू


राजकुमार पासवान।
जनकपुरधाम, १ साउन। मधेस प्रदेश सरकारका मुख्यमन्त्री सतीश कुमार सिंहले ‘मुख्यमन्त्री सुरक्षित आवास बीमा’ तथा ‘नागरिक दुर्घटना बीमा कार्यक्रम’ आजदेखि औपचारिक रूपमा लागू गर्नुभएको हाे।

मधेसमा सामाजिक सुरक्षा बीमा कार्यक्रम लागू, १ लाख नागरिक बीमा र ६६ सय जनाको दुर्घटना बीमा गरियाैं

बिहीबार जनकपुरधामस्थित वन तथा वातावरण मन्त्रालयमा आयोजित सम्मान कार्यक्रममा मुख्यमन्त्री सिंहले नयाँ आर्थिक वर्ष २०८२/०८३ देखि लागू हुने यस कार्यक्रमअन्तर्गत सामाजिक सुरक्षालाई अझ प्रभावकारी बनाउँदै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

मुख्यमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालय,मधेस प्रदेश
मुख्यमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालय,मधेश प्रदेश

साे मुख्यमन्त्री सिंहले,भने- दुर्घटनामा परी ज्यान गुमाउने मधेस प्रदेशवासीका परिवारलाई प्रदेश सरकारले रु १० लाखसम्मको बीमा रकम प्रदान गर्नेछ। वहाले,थपे- योजनाले नेपाल तथा भारतको जुनसुकै राज्यमा दुर्घटनामा मृत्यु भएका मधेसवासीलाई समेत समेट्नेछ।

दुर्घटनामा मृत्यु भएमा १० लाख, विपद् पीडितलाई ५ लाख २५ हजारसम्म सहयोग

साथै आगलागी, बाढी, हावाहुरी वा अन्य प्राकृतिक विपद्‌बाट घरमा क्षति पुगेका पीडितलाई रु १ लाखदेखि ५ लाख २५ हजारसम्मको राहत सहायता प्रदान गरिनेछ। प्रदेश सरकारद्वारा हालसम्म ६ हजार ६ सय व्यक्तिको स्वास्थ्य तथा दुर्घटना बीमा गरिसकिएको जानकारी पनि मुख्यमन्त्रीले दिनुभयो।
मुख्यमन्त्री सिंहले भन्नुभयो, “हामी नागरिकको जीवन सुरक्षामा गम्भीर छौं। विपद्‌को बेलामा कसैले राज्यबाट बेसाहारा महसुस गर्न नपरोस् भन्ने उद्देश्यले यी कार्यक्रम सुरु गरेका हौं।”साे

मुख्यमन्त्री सिंहद्वारा ‘आवास र दुर्घटना बीमा’ कार्यक्रम सुरु, सबै नागरिकलाई समेट्ने योजना

प्रदेश सरकारले बीमा प्रक्रिया सरल, सहज, पारदर्शी र सबै नागरिकले सहजै लाभ लिन सक्ने खालको बनाउने तयारी पनि अघि बढाइसकेको छ।


प्रतिक्रिया दिनुहोस् ।