अपूर्व न्यूज समाचारदाता ।
काठमाडौ,२८ असार । सर्लाही क्षेत्र नं. ४ का स्वतन्त्र प्रतिनिधिसभा सदस्यका डा. अमरेश कुमार सिंहले,भने-मधेस प्रदेशमा जलवायु परिवर्तनको प्रत्यक्ष असरले खडेरी संकट गहिरिँदो अवस्था लिएको बताउनुभएको हाे।
सांसद डा. अमरेश कुमार सिंहको आवाज: मधेसमा खडेरी संकट गहिरिँदै
साे सांसद सिंहले संसदमा बाैल्दै एकातिर समयमा वर्षा नभएकाले भूमिगत जलस्रोतहरू सुकेका छन् भने अर्कातिर सिँचाइको अभावका कारण कृषि उत्पादनमा समेत भारी गिरावट आएको छ। उहाँले भन्नुभयो, “गाउँघरमा इनार र चापाकलहरूको पानी पनि रित्तिँदै गएका छन्। यो संकटले खानेपानीदेखि खेतीपातीसम्म गम्भीर असर पारेको हाे।”
सिंहको संसदमा आवाज ‘पिउने पानी मौलिक अधिकार, तर सरकार गम्भीर छैन’
साे डा. सिंहले पिउने पानी नागरिकको मौलिक अधिकार भएता पनि संघीय सरकार यस विषयमा गम्भीर नदेखिएको भन्दै गुनासो प्रकट गर्नुभयो।
उहाँले खडेरीको प्रत्यक्ष असर मधेस प्रदेशका आम नागरिकमा परेको भन्दै यस विषयलाई संसदमा उठाउनु भएकोमा स्थानीयवासीहरूले धन्यवाद व्यक्त गरेका छन्।