img

मधेश प्रदेशका मुख्यमन्त्री सिंहको प्रतिबद्धता : सामाजिक सेवामा राज्य–संस्था सहकार्य अपरिहार्य


अपूर्व न्यूज समाचारदाता ।
वीरगन्ज(पर्सा), ७ असार । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले सामाजिक सेवामा राज्य र संस्थाबीच सहकार्यको खाँचो औंल्याउँदै प्रदेश सरकारले मानवीय कल्याणमा समर्पित संस्थाहरूसँग सहकार्य विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेकाे हाे।

शनिबार उनले वीरगन्जस्थित मानवसेवा आश्रमको स्थलगत निरीक्षण गर्दै आश्रमले बेवारिसे, असहाय र मानसिक रूपमा अशक्त व्यक्तिहरूप्रति देखाएको समर्पण, सेवा भावना र व्यवस्थापनलाई उच्च मूल्याङ्कन गरेकाे हाे ।

मुख्यमन्त्री सिंह : “मानवसेवा आश्रम समाजमा मानवीयताको आदर्श हो”

मुख्यमन्त्री सिंहसँगै जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफ, नेतृ रम्भा मिश्रा, मधेश विश्वविद्यालयका उपकुलपति डा. दीपक शाक्य, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतम लगायतको प्रतिनिधिमण्डल रहेको थियो।

निरीक्षणपछि मुख्यमन्त्री सिंहले भने,
“सामाजिक न्याय र मानवताको भावना नाफा वा प्रचारमा होइन, सेवा र समर्पणमा देखिन्छ। प्रदेश सरकार यस्ता संस्थाहरूसँग हातेमालो गर्दै सामाजिक पुनःस्थापना र मानव कल्याणका कार्यक्रमलाई थप प्रभावकारी बनाउने छ।”

साे मानवसेवा आश्रमले सडकमा बेवारिसे अवस्थामा भेटिएका, मानसिक असन्तुलनका सिकार तथा अति विपन्न नागरिकहरूको उद्धार गरी आश्रय, उपचार र पुनःस्थापनाको सेवा दिँदै आएको छ। मुख्यमन्त्रीको यो भ्रमणले प्रदेश सरकारको ध्यान सामाजिक सेवाका वास्तविक आवश्यकताप्रति केन्द्रित भएको आश्रम प्रशासनको धारणा छ।


प्रतिक्रिया दिनुहोस् ।