img

परीक्षा हलमै छात्रामाथि यौन दुर्व्यवहार : शिक्षक पक्राउ


दिपेन्द्र पासवान
कुशाहा (सप्तरी), २ साउन। सप्तरीको सुरुङ्गा नगरपालिका–५ स्थित मसिलाल जनता माध्यमिक प्राविधिक विद्यालयमा अध्ययनरत एक छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको हाे ।

शिक्षकलाई हतकडी

प्रहरीका अनुसार विद्यालयका विज्ञान तथा गणित विषयका शिक्षक सन्तोष पंजियारले कक्षा १० मा अध्ययनरत एक छात्रामाथि परीक्षा दिइरहेकै क्रममा अनुचित व्यवहार गरेका हुन्।
साे पीडित छात्राले भनिन् परीक्षामा नबुझेको प्रश्न सोध्दा शिक्षकले उनको पिठ्युमा हात राख्दै क्रमशः गोप्य अंगमा हात लगाएका थिए।

म असहज भएर टाउको दुख्न थालेपछि उत्तरपुस्तिका बुझाएर कक्षाबाट बाहिर निस्किएँ,’ पीडित छात्राले भनिन्।

छात्राका अनुसार उनी परीक्षा हलबाट बाहिरिएलगत्तै अन्य शिक्षकहरूलाई घटनाबारे जानकारी दिइन् तर कसैले गम्भीरता नदेखाएको गुनासो छ। अन्ततः घर पुगेर आमा–बुवालाई घटना सुनाएपछि मात्र विषय बाहिर आएको हो।
घटनापछि पीडित पक्षले विद्यालय प्रशासन र व्यवस्थापन समितिको लापरवाहीप्रति आक्रोश व्यक्त गरेका छन्।

सप्तरीकाे कुशहामा शिक्षकले छात्रामाथि दुर्व्यवहार गरेको आरोप, प्रहरी हिरासतमा

उनीहरूका अनुसार यस्ता घटना पटक–पटक दोहोरिएको भए पनि विद्यालयले नियन्त्रणका लागि आवश्यक कदम चालेको छैन।
सप्तरीका प्रहरी प्रमुख एसपी गौतम केसीका अनुसार शिक्षक पंजियारलाई विद्यालय परिसरबाटै पक्राउ गरिएको हो। उनीमाथि पाँच दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाइएको प्रहरीको भनाइ छ।


प्रतिक्रिया दिनुहोस् ।