img

देश परिवर्तन गर्नेहरूले नै आफूलाई राजा–महाराज भन्दा कम ठानेनन् : मधेस प्रदेशका प्रवक्ता तथा गृहमन्त्री लेखी


राजकुमार पासवान ।
फतेपुर (सप्तरी), २१ असोज । मधेस प्रदेश सरकारका प्रवक्ता तथा गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले,भने- देशमा सकारात्मक परिवर्तन ल्याउने दाबी गर्नेहरू नै व्यवहारमा राजा–महाराजभन्दा कम नभएको टिप्पणी गर्नुभएको हाे।

मधेस प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले आपनो सान्दर्भिक भनाइ राख्दै ।

सोमबार सप्तरीको सप्तकोशी नगरपालिका वडानं.५ मा गृह, सञ्चार तथा कानुन मन्त्रालयअन्तर्गतको चलचित्र तथा लोकसञ्चार प्रवर्द्धन बोर्डद्वारा आयाेजित“आर्थिक वर्ष २०८२/०८३ का लागि कार्ययोजना सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम”मा बोल्दै मन्त्री लेखीले देशमा दशकौँदेखि एउटै व्यक्तिहरूले प्रमुख पद ओगटिरहने प्रवृत्तिका कारण युवा पुस्तामा वितृष्णा उत्पन्न भई अहिलेको आन्दोलनको रूपमा विस्फोट भएको बताउनुभएकाे हाे।
उहाँले सामाजिक र सांस्कृतिक सम्पदाको संरक्षण सबैको साझा दायित्व भएको उल्लेख गर्दै भन्नुभयो,

चलचित्र तथा लोकसञ्चार प्रवर्द्धन बोर्डद्वारा आयाेजित “आर्थिक वर्ष २०८२/०८३ का लागि कार्ययोजना सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रमकाे केही तस्बिरहरु ।

“हामीले हाम्रो समाज र संस्कृतिलाई जोगाउन सकेनौं भने विकासका कुरा खोक्रा सावित हुन्छन्। राज्य, समुदाय र स्थानीय तहबीच सहकार्य गरेर सांस्कृतिक पहिचान जगेर्ना गर्नुपर्छ।”भने

मधेशमै पनि पुरानो राजनीतिक प्रवृत्तिले युवामा आक्रोश पैदा गर्‍यो : गृहमन्त्री लेखी

सो कार्यक्रममा सप्तकोशी नगरपालिकाका प्रमुख कृष्णप्रसाद ढकाल, उपप्रमुख रिता चौधरी, कञ्चनरुप नगरपालिकाका पूर्व प्रमुख बसन्त मिश्र, सप्तकोशी वडा नं. १ का अध्यक्ष रोहिणी पोखरेल, वडा नं. २ का अध्यक्ष जाहिर हुसेन, वडा नं. ३ का अध्यक्ष देवकान्त गोजेववार, थारु संस्कृति संरक्षण संघ नेपालका केन्द्रीय अध्यक्ष ज्ञानानन्द चौधरी, केन्द्रीय उपाध्यक्ष सीता चौधरी, केन्द्रीय सदस्य उमाकान्त चौधरी तथा सप्तरी जिल्ला सदस्य सत्यनारायण चौधरीलगायत वक्ताहरूले आफ्ना सुझाव राख्नुभएको हाे।
त्यस्तै गरि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत युनेस्को आयोगका संस्कृति विज्ञ सदस्य विनोद चौधरी, जनता माध्यमिक विद्यालय फत्तेपुरका व्यवस्थापन समितिका अध्यक्ष रमेशकुमार कार्की, थारु पत्रकार महासंघका केन्द्रीय अध्यक्ष प्रदीप लेखी थारुले पनि कार्यक्रममा सल्लाह तथा सुझाव दिएकाे हाे।

सांस्कृतिक पहिचान जोगाउन सबैको साझा जिम्मेवारी छ : मन्त्री लेखी

कार्यक्रम गृहमन्त्री राजकुमार लेखीको प्रमुख आतिथ्य र बोर्डका अध्यक्ष किशोरकुमार लेखीको अध्यक्षतामा सप्तकोशी नगरपालिका वडा नं.५ स्थित होटल भिल्ला–२१ मा सम्पन्न भएको हो।


प्रतिक्रिया दिनुहोस् ।