img

ज्येष्ठ नागरिकमैत्री शिक्षा, नीति निर्माणमा सहभागिता सुनिश्चित गरिने घोषणा : मन्त्री साह


उपेश नाैवाग ।
काठमाडौं, २८ असार । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साहले,भने- ज्येष्ठ नागरिकमैत्री शिक्षा, नीति निर्माणमा सरकार प्रतिबद्ध रहेको बताएकाे हाे।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह

राष्ट्रिय सभामा ‘ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरीय र सम्मानित बनाउन विशेष व्यवस्था’ विषयक प्रस्तावमा जवाफ दिँदै उनले सरकारद्वारा सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य सेवा, यातायात छुटलगायत कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिएकाे हाे ।

सामाजिक सुरक्षा भत्ता, स्वास्थ्य सेवा र यातायात छुटमा विस्तार हुने

साे मन्त्री साहले ज्येष्ठ नागरिकमैत्री स्वास्थ्य सेवा विस्तार, आम्दानीको १० प्रतिशत अभिभावकको खातामा जम्मा गर्ने कानुनी प्रावधानको कार्यान्वयन, अंश फिर्ता पाउने अधिकार सुनिश्चित गर्ने तयारी, नागरिकता वितरणलगायत विधेयात्मक पहल भइरहेकाे बताए।

नागरिकता विहीन वृद्धहरूलाई नागरिकता दिन कानुनी प्रक्रिया अगाडि बढ्दै

उनले घुम्ती सेवा, हवाई भाडामा छुट, शिक्षामा ज्येष्ठ नागरिकप्रतिको सम्मान समावेश, तथा वृद्धको सीप–ज्ञान हस्तान्तरणमार्फत अन्तरपुस्तीय सम्बन्ध सुदृढ पार्ने काम भइरहेको उल्लेख गरे।
सरकार ज्येष्ठ नागरिकको नीति निर्माणमा सहभागिता बढाउने दिशामा समेत अघि बढिरहेको मन्त्री साहले स्पष्ट पारे।


प्रतिक्रिया दिनुहोस् ।