जनकपुरधाम, १७ असार। मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले जनकपुरधामस्थित मधेश भवन परिसरमा रहेको प्रदेश प्रहरी गणको अनुगमन गर्नुभएको हाे। मंगलवार भएको उक्त अनुगमनमा उहाँले प्रहरी गणको भौतिक संरचना, बसोबास, खानेपानी र गर्मी समस्याबारे प्रत्यक्ष जानकारी लिनु भएको हाे ।
पुरानो भवनमा खटिएका प्रहरीको दुःख देखे मुख्यमन्त्री सिंह, व्यवस्थापनमा सहयोगको घोषणा
हाल प्रहरी गण पुरानो र जोखिमपूर्ण गोदाम तथा भवनलाई सरसफाइ र मर्मत गरी प्रयोगमा ल्याइरहेको छ। यद्यपि, प्रहरी कर्मचारी बसोबास गर्ने स्थानमा अत्यधिक गर्मी, पंखाको अभाव तथा पर्याप्त खानेपानीको समस्या रहेको जानकारी प्रहरी अधिकारीहरुले गराएका थिए।

जनताको सुरक्षामा अहोरात्र खटिने प्रहरीको समस्याप्रति गम्भीर चासो व्यक्त गर्दै मुख्यमन्त्री सिंहले प्रदेश सरकारमार्फत आवश्यक पहल गरिने प्रतिवद्धता जनाउनुभयो। उहाँले व्यवस्थापन सुधारका लागि विभिन्न मन्त्रालयहरूसँग समन्वय गरी यथेष्ट सहयोग गर्ने आश्वासन पनि दिनुभएकाे हाे।
जनताको सुरक्षामा खटिएका प्रहरीका लागि उचित सुविधा आवश्यक : मुख्यमन्त्री सिंह
अनुगमनको क्रममा गणपति प्रहरी उपरीक्षक नारायण रण्जितकार, प्रहरी निरीक्षक बेचन यादवसहितका प्रहरी अधिकृतहरूले गणको अवस्थाबारे मुख्यमन्त्रीलाई जानकारी गराएका थिए।