राजकुमार पासवान ।
कञ्चनपुर (सप्तरी), २६ असार । मधेस प्रदेश सरकारका प्रवक्ता एवं गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले सप्तरीकाे निर्वाचन क्षेत्र नं.१(क) मा प्रदेश सरकारको बजेटबाट निर्माण सम्पन्न भएका विभिन्न पूर्वाधार विकास योजनाहरुको स्थलगत अनुगमन गर्नुभएकाे हाे ।

बिहीबार गृहमन्त्री लेखीसँग नेकपा (एमाले) का केन्द्रीय सदस्य दिवाकर देवकोटा, प्रदेशसभा सदस्य तथा कञ्चनरुप नगरपालिका पुर्व मेयर वसन्त मिश्र तथा अन्य स्थानीय जनप्रतिनिधि, नेताकार्यकर्ता र सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति थियो।
साे अनुगमन गरिएको योजनाहरूमा विद्यालय, स्वास्थ्य चौकी, खेलमैदान, धार्मिकस्थल र सामाजिक संरचनाहरु समावेश छन्।

अनुगमन गरिएका प्रमुख योजनाहरु यस्ता छन् ।
सप्तरीको कञ्चनपुरस्थित सर्वोदय माध्यमिक विद्यालयको नयाँ भवन निर्माण,कञ्चनरुप वडा नं.७ स्थित भृकुटी माध्यमिक विद्यालय भवन,कञ्चनरुप नं.६ मा रहेको महेन्द्र जनता माध्यमिक विद्यालय भवन,अग्निसाइर कृष्णासवरण वडा नं.६, रतवला स्थित राष्ट्रिय माध्यमिक विद्यालय भवन,अग्निसाइर कृष्णासवरण वडा नं.६ मा रहेको स्थानीय स्वास्थ्य चौकी भवन,अग्निसाइर कृष्णासवरण वडा नं.१ स्थित घोघीदाहा खेलमैदानको स्तरोन्नति कार्य,सप्तकोशी वडा नं.१० भगनीस्थित जनता माध्यमिक विद्यालय भवन र सप्तकोशी नगरपालिका वडा नं.८, ओद्राहास्थित शिव मन्दिर प्राङ्गणमा अतिथिगृह, विवाह मण्डप, पर्खाल (बाउन्ड्री वाल) तथा छठघाट निर्माण कार्य सम्पन्न याेजनाहरुका छन ।
शिक्षा, स्वास्थ्य, खेलकुद र धार्मिक संरचना अनुगमनमा मन्त्री लेखी
गृहमन्त्री लेखीले योजनाहरुको अनुगमनपछि निर्माणको गुणस्तर र उपयोगिताबारे स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै सार्वजनिक स्रोतको पारदर्शी उपयोगको प्रतिबद्धता व्यक्त गर्नुभएको थियो। उहाँले जनताको आवश्यकता अनुसारका परियोजनाहरुले स्थायित्व र समृद्धिमा टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभएको हाे।