अपूर्व न्यूज समाचारदाता ।
मलंगवा(सर्लाही),१८ असार । मधेश प्रदेशका गृह, सञ्चार तथा कानून मन्त्री राजकुमार लेखीले प्रेस संगठन वा महासंघमा आबद्धताले मात्र सञ्चार क्षेत्रसँग सम्बन्धित बोर्ड, प्राधिकरण वा काउन्सिलमा नियुक्तिका लागि योग्यता पुगेको ठान्न नमिल्ने स्पष्ट धारणा व्यक्त गर्नुभएकाे हाे।

बुधबार सर्लाहीको मलंगवा–९ स्थित होटल सुजाता प्यालेसमा नेपाल पत्रकार महासंघ सर्लाही शाखाको समन्वयमा मिडिया काउन्सिल मधेश प्रदेश, जनकपुरधामको आयोजनामा “पत्रकार आचारसंहिता पालनासम्बन्धी गोष्ठीमा साे कुरा प्रमुख अतिथिको आसन्नबाट गृहमन्त्री लेखीले बताउनुभएको हाे ।”
सर्लाहीमा सञ्चार क्षेत्रका लागि आचारसंहिता सम्बन्धी गोष्ठी, मन्त्री लेखीको सक्रिय सहभागिता
साे गोष्ठीमा गृहमन्त्री लेखीले,भने-प्रेस संगठन वा महासंघमा आबद्धताले मात्र सञ्चार क्षेत्रसँग सम्बन्धित बोर्ड, प्राधिकरण वा काउन्सिलमा नियुक्तिका आधार नबन्ने बताए ।
उहाँले भने, “सञ्चारकर्मीको नियुक्तिमा योग्यताको मापदण्ड प्राथमिक हुनु पर्छ, केवल संगठन आबद्धताले हैसियत निर्धारण हुँदैन।”
कार्यक्रमको अध्यक्षता नेपाल पत्रकार महासंघ सर्लाही शाखाका अध्यक्ष सुरेश कुमार यादवले गर्नुभएको हाे।
मलंगवामा पत्रकार आचारसंहिता गोष्ठी सम्पन्न, मन्त्रीले दिए कडा टिप्पणी
साे गाेष्ठीमा विशिष्ट अतिथिका प्रदेश सभा सदस्य जोगीलाल राय र एमाले सर्लाहीका जिल्ला अध्यक्ष राजनारायण साह सहभागी भएको हाे।
कार्यक्रममा अतिथिका रूपमा वरिष्ठ पत्रकार जितेन्द्र यादव र पत्रकार किशोर लेखीको समेत उपस्थिति रहेको हाे।
साे गोष्ठीमा सञ्चार क्षेत्रको शुद्धता, पेशागत मर्यादा र पत्रकार आचारसंहिताको पालना सम्बन्धमा विस्तृत छलफल भएको थियो। सहभागीहरूबीच व्यावसायिक पत्रकारिताका अभ्यास, आचारसंहिता विपरीतका प्रवृत्तिहरू र समाधानका उपायबारे विचार आदान–प्रदान गरिएको हाे।