राजकुमार पासवान ।
सप्तकाेशी (सप्तरी),२२ असार । मधेस प्रदेश सरकारका प्रवक्ता तथा गृहमन्त्री राजकुमार लेखीले सप्तकोशी नगरपालिका–२ स्थित सत्यनारायण टोल लगायत विभिन्न विकास योजनाहरूको स्थलगत अनुगमन गरेकाे हाे।

आइतबार गृहमन्त्री लेखीले मधेस सरकारको आगामी आर्थिक बर्ष २०८२/०८३ काे लागि २५ लाख रुपैयाँको लागतमा निर्माण हुने जनज्योति युवा क्लब भवनको जग्गा अवलोकन गरिएकाे हाे।
उक्त भवन तयार भएपछि स्थानीय टोलबासी तथा गाउँबासी प्रत्यक्ष लाभान्वित हुने विश्वास व्यक्त गरिएको हाे।
युवा क्लब भवनले टोलबासीलाई प्रत्यक्ष लाभ दिने अपेक्षा
साे अनुगमनका क्रममा मन्त्री लेखीले स्थानीय सर्वसाधारणसँग पनि भेटघाट गरी योजना निर्माण तथा विकास प्रक्रिया सम्बन्धमा आवश्यक सल्लाह सुझाव लिएकाे हाे।
गृहमन्त्री लेखीले योजनाहरू प्रभावकारीरूपमा कार्यान्वयन गरी जनताको जीवनस्तर उकास्न मधेश प्रदेश सरकार प्रतिबद्ध रहेको स्पष्ट पार्नुभएकाे हाे।
साे अनुगमन क्रममा सप्तकाेशी नगरपालिका वडा नं. २ का वडा अध्यक्ष जाहिर हुसेन,मिडिया काउन्सिल मधेश प्रदेशका कार्यवाहक अध्यक्ष सुरेश यादव लगायत स्थानीय जनप्रतिनिधि तथा क्लब पदाधिकारीहरूका अनुसार क्लबको भवन निर्माण पश्चात् युवाहरूको नेतृत्व विकास, सामाजिक गतिविधि र विभिन्न जनहितका कार्यक्रम सञ्चालनमा सहजता हुनेछ।