img

कोशी ब्यारेजमा मृत अवस्था भेटिएका व्यक्ति संखुवासभाका राजेश राई भएको पुष्टि


अपूर्व न्यूज समाचारदाता ।
कञ्चनपुर(सप्तरी), २२ जेष्ठ । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी ब्यारेजमा मृत अवस्था भेटिएका व्यक्ति संखुवासभाका राजेश राई भएकाे पुष्टि भएको हाे ।
आज इलाका प्रहरी कार्यालय भारदह सप्तरीका अनुसार  हनुमाननगर कंकालिनी नगरपालिका–१ स्थित कोशी ब्यारेजको उत्तर पट्टि रहेको ढोका नम्बर ५४, ५५ र ५६ नजिक आज दिउँसो करिब ४ बजेको समयमा शुरुमा  मृतकको पहिचान नखानेपछि मृतकको आफन्तका संखुवासभा जिल्ला भोटेखोला गाउँपालिका–५ लुमसुन निवासी ३५ वर्षीय राजेश राई भएको पुष्टि भएको हाे।

निज मृतक बहिनी कमला राईले शव राजेशकै भएको जानकारी दिएकी हुन्। उनले साँझ प्रहरी कार्यालयमा सनाखत गराएकी थिइन्।

साे प्रहरीले घटनास्थलमा पुगेर शवलाई आवश्यक प्रक्रिया पुरा गरी पोष्टमार्टमका लागि पठाउने तयारी गरिरहेको जनाएको हाे। घटनाको थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ।
साे राईको मृतक कसरी कोशी नदीमा पुगे, दुर्घटना थियो वा अन्य कुनै कारण भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको हाे। परिवारजनका अनुसार राजेश केही दिनदेखि सम्पर्कविहीन रहेका थिए।
साे स्थानिय बासिन्दाले यस्तो दुखद घटना दोहोरिन नदिन कोशी ब्यारेज क्षेत्रको सुरक्षामा ध्यान दिन सम्बन्धित निकायलाई आग्रह गरेका हाे।


प्रतिक्रिया दिनुहोस् ।