अपूर्व न्यूज समाचारदाता ।
कञ्चनपुर (सप्तरी), ७ असार। कञ्चनरुप नगरपालिका वडा नं. ८ मा वडास्तरीय विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारी समिति गठन गरिएको हाे।

वडाका अध्यक्ष कृष्णप्रसाद साहको अध्यक्षतामा २५ सदस्यीय समिति गठन गरिएको वडा सचिव संजय गुप्ताले जानकारी दिएका हाे।
स्थानीय स्तरमै विपद् व्यवस्थापनलाई प्रभावकारी र समन्वयात्मक ढंगले अघि बढाउन समिति गठन गरिएको हो। समितिमा वडा सदस्यहरू, स्थानीय समाजसेवी, युवा प्रतिनिधि, स्वास्थ्यकर्मी, विद्यालय प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी, महिला प्रतिनिधि तथा अन्य सरोकारवालाहरूको सहभागिता रहेको छ।
वडा अध्यक्ष साहले,भने-समुदायस्तरमा विपद् जोखिम न्यूनीकरण समिति गठन, समन्वयमा जोड
समितिले वडामा देखिन सक्ने संभावित प्राकृतिक तथा मानवजनित विपद् (जस्तै बाढी, डुबान, आगलागी, रोग महामारी आदि) को जोखिम मूल्याङ्कन, पूर्वतयारी योजना निर्माण, जनचेतना अभिवृद्धि तथा संकटपछिको पुनःस्थापना कार्यमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको हाे।
वडा अध्यक्ष साहले समितिलाई सक्रिय, जिम्मेवार र समन्वयकारी बनाउँदै स्थानीय तहमै विपद् न्यूनीकरण र सुरक्षित समुदाय निर्माणतर्फ अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका छन्।