img

कञ्चनरुप–८ मा दुई दिने विपद् व्यवस्थापन तथा पर्व तयारी अभिमुखिकरण कार्यक्रम सम्पन्न


अपूर्व न्यूज समाचारदाता ।
कञ्चनपुर (सप्तरी), ७ असार। वडास्तरीय विपद् जोखिम न्यूनीकरण तथा पर्व तयारीसम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रम शनिबार सम्पन्न भएको हाे।
साे अभिमुखिकरण कञ्चनरुप नगरपालिका–८ नं वडा कार्यालयको आयोजनामा नगरपालिकाको सभाहलमा सम्पन्न कार्यक्रममा  बोल्दै वडा अध्यक्ष कृष्णप्रसाद साहले,भने विपद् जोखिम न्यूनीकरणका उपायहरू, समुदायको भूमिका, तथा सम्भावित प्राकृतिक प्रकोपबाट बच्ने रणनीतिका विषयमा जोड दिए। उनले स्थानीय तह स्तरमै समन्वय, सहकार्य र सक्रिय सहभागिताबाट मात्र दीगो समाधान सम्भव हुने बताए।

साे वडा अध्यक्ष साहले थपे,-अभिमुखिकरण कार्यक्रमले सहभागीहरूमा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्नुका साथै स्थानीय तहमा सहकार्य र समन्वयमा आधारित संकट व्यवस्थापन रणनीति अपनाउन प्रेरणा दिएको सहभागीहरूको भनाइ थियो।

साे कार्यक्रममा वडा सदस्यहरू, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, प्रहरी प्रशासन, स्थानीय समुदायका अगुवा, महिला तथा युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूलाई विपद् पूर्वतयारी, जोखिमको मूल्याङ्कन, सुरक्षित बसोबासका उपायहरू र संकटपछिको व्यवस्थापनबारे व्यवहारिक जानकारी प्रदान गरिएको आयोजकले जनाएको छ।

उक्त कार्यक्रम सञ्चालन वडा सचिव संजय गुप्ता गरे भने, अध्यक्षता वडा नं ८ का अध्यक्ष कृष्णप्रसाद साहले गरेका थिए भने सहजीकरणको भूमिका समाजसेवी समूह उदयपुरका जिल्ला संयोजक विनोद कुमार कार्कीले निर्वाह गरेका थिए ।


प्रतिक्रिया दिनुहोस् ।