राजकुमार पासवान ।
कञ्चनपुर(सप्तरी), १५ साउन। सप्तरीको कञ्चनरुप नगरपालिका–६ मा आयोजित विशेष पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस र नेकपा एमालेका दर्जनौँ नेता–कार्यकर्ताले पार्टी परित्याग गरी जनमत पार्टीमा औपचारिक प्रवेश गरेकाे हाे ।
जनताको हक र अधिकारका लागि एकजुट, नयाँ ऊर्जासहित जनमत पार्टी सुदृढ
बिहीबार कार्यक्रम जनमत पार्टी कञ्चनरुप नगर अध्यक्ष मनोज कुमार साहको अध्यक्षतामा सम्पन्न भएको हाे। साृ कार्यक्रममा नेपाली कांग्रेसका क्रियाशील सदस्य सुवानन्द सरदार, उपेन्द्र प्रसाद साह, देवेन्द्र प्रसाद साह, रामकुमार साहलगायतले कांग्रेस परित्याग गरेका छन्।
त्यस्तै नेकपा एमाले छाडेर बेचन साह, कौशिला देवी साह, सरोज कुमार साह, कंचन साह, नितु कुमारी साहसहित झण्डै दुई दर्जन नेता–कार्यकर्ताले जनमत पार्टीमा प्रवेश गरेका छन्।
साे पार्टी प्रवेश कार्यक्रममा नगर अध्यक्ष मनोज कुमार साहले नवप्रवेशीलाई स्वागत गर्दै जनताको हक, अधिकार र न्यायका लागि एकजुट भएर अघि बढ्न आग्रह गरेकाे हाे । उनले जनमत पार्टीलाई जनताको भावना र अपेक्षाअनुरूप अघि बढिरहेको उल्लेख गर्दै निकट भविष्यमा यो पार्टी वैकल्पिक राजनीतिक शक्ति बन्ने विश्वास व्यक्त गरेकाे हाे।
जनमत पार्टीको प्रभाव विस्तार : दुई दर्जन नेता–कार्यकर्ता औपचारिक प्रवेश
साे कार्यक्रममा जनमत पार्टीका स्थानीय नेताहरूको उपस्थिति उल्लेखनीय रहेको थियो। पार्टी प्रवेशसँगै कञ्चनरुपमा जनमत पार्टीको सांगठनिक बल थप सुदृढ भएको स्थानीय राजनीतिक विश्लेषकहरूको भनाइ छ।