img

अन्तर्राष्ट्रिय युवा दिवसमा मधेश प्रदेशका मुख्यमन्त्री सिंह र गृहमन्त्री लेखीको शुभकामना

मुख्यमन्त्री तथा मन्त्रिपरिषदकाे कार्यालय,मधेस प्रदेश

राजकुमार पासवान ।
जनकपुरधाम, २७ साउन । अन्तर्राष्ट्रिय युवा दिवसको विशेष अवसरमा मधेश प्रदेशका मुख्यमन्त्री संतिश कुमार सिंहले सम्पूर्ण युवा दिदीबहिनी तथा दाजुभाइहरूलाई प्रदेश सरकारको तर्फबाट हार्दिक शुभकामना व्यक्त गरेकाे हाे।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आज राजविराज स्थित पाचौं जिल्ला युवा सम्मेलन सप्तरीमा मधेश प्रदेशका मुख्यमन्त्री संतिश कुमार सिंहले सान्दर्भिक भनाइ राख्दै ।

साे मुख्यमन्त्री सिंहले युवाशक्तिलाई राष्ट्रको अमूल्य सम्पत्ति, परिवर्तनको अग्रदूत र उज्ज्वल भविष्यको आधारस्तम्भको रूपमा वर्णन गर्दै भने, “युवामा रहेको असीमित ऊर्जा, सिर्जनशीलता र नयाँ विचारको क्षमताले मात्र समावेशी, समृद्ध र न्यायपूर्ण समाजको निर्माण सम्भव छ।”

युवाशक्ति राष्ट्रको आधारस्तम्भ : मुख्यमन्त्री सिंह

यसै अवसरमा मधेश प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखीले समेत शुभकामना सन्देश जारी गरेका छन्। उनले प्रदेश र देशको समृद्धिका लागि शिक्षा, सीप, रोजगारी, स्वावलम्बन र नेतृत्व क्षमताको विकासमा युवाको सक्रिय सहभागिता अपरिहार्य भएको बताएकाे हाे।

मधेश प्रदेशका गृहमन्त्री राजकुमार लेखी ।

साे मन्त्री लेखीले थपे, प्रदेश सरकार युवा–मैत्री नीति, उद्यमशीलता प्रवर्द्धन, सीपमूलक तालिम, रोजगारीका अवसर तथा नवप्रवर्तनमूलक योजनाहरू मार्फत युवाको क्षमता उजागर गर्न निरन्तर प्रतिबद्ध रहेको बताएको हाे।

शिक्षा, सीप र रोजगारीमा युवाको सक्रियता अपरिहार्य : गृहमन्त्री लेखी

साे दिवसले सम्पूर्ण युवामा देशप्रेम, सामाजिक उत्तरदायित्व र सकारात्मक सोचसहित विकास र परिवर्तनको यात्रामा अघि बढ्ने प्रेरणा जागोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस् ।